राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा एसईई को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन ।गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । गएको चैत १५ गतेदेखि सञ्चालन भएको यसवर्षको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।


Add a Comment