रामगोपालपुर नगरका वडा अध्यक्ष यादवको ‘रहस्यमय’ मृत्यु

महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडा अध्यक्ष मुकेश यादवको मृत्युलाई नेकपा माओवादी केन्द्रले रहस्यमय भएको भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।

३५ वर्षीय यादवको आइतबार विहान महोत्तरीको बर्दिबास नगरपालिका–८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो भने वडा अध्यक्ष यादवको शवको टिचिङ अस्पताल काठमाण्डुमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टमपछि सोमबार साँझ गाउँमै ल्याएर वडा अध्यक्ष यादवको शवको अन्त्यष्टि गरिएको थियो ।

नेकपा माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड् काले वडा अध्यक्ष यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्रै नभए र सो घटूना रहस्यमय रहेको दाबी गरेका छन् । उनले घटनाको अवस्था हेर्दा दुर्घटना अस्वाभाविक रहेको भन्दै इन्चार्ज खड्काले महोत्तरी प्रहरीसंग घटनाको गहिरो छानबिन गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले घटनाको सूक्ष्म ढंगले अनुन्धान भइरहेको बताएकाहुन ।

Advertisement

उनले प्रा रम्भिक अनुसन्धान अनुसार घटना हेर्दा मोटरसाइकल दुर्घटनामा नै यादवको मृत्यु भएको जस्तो देखिएको बताएका छन । तर पोखरेलका अनुसार दुर्घटना कसरी भयो भनेर अनुसन्धान भइरहेको बताएका हुन ।

वडा अध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । रामगोपालपुरका स्थानीयवासीसमेत रहेका पूर्व सभासद लालेन्द्र मण्डलले वडा अध्यक्ष यादवको मृत्युलाई स्वाभाविक मान्न नसकिने दाबी गरेका हुन । मण्डलले भने, ‘म आइतबार बिहान प्रहरीसँगै घटनास्थलमा गएको थिए र जुन ठाउँमा घटना भएको छ, त्यो ठाउँमा बाइक ‘एक्सिडेन्ट’ भएको जस्तो नदेखिएको र ‘त्यहाँको सबै प्रकृति हेर्दा दुर्घटना सुनियोजित जस्तो लाग्ने बताएका छन।

सीसीटीभी फुटेज हेर्दा शनिबार दिउँसो बर्दिबासका दुई होटलमा वडाध्यक्ष यादवसँगै देखिएका अन्य चारजनाको गतिविधि पनि शंकास्पद देखिएका हो ।’ घटना हुँदा कसिलो गरी लगाएका गोल्डस्टार जुत्ता खुट्टामा नहुनु, तर मृतकको शरीरमा पनि ठूलो चोटपटक नदेखिनुले घटनामा शंकास्पद रहेको उनले तर्क राखेका हुन ।

तर घटनाको प्रकृति हेर्दा बर्दिबासबाट शनिबार राति रामगोपालपुरतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताएका छन ।वडा अध्यक्ष यादवको मृत्युको कारण अध्यक्ष यादवका पत्नी, एक छोरा र एक छोरी सहित अहिले पुरै रामगोपालपुर शोकमा डुबेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement