युद्धविराम गर्ने सहमतिबीच लेवनानमाथि इजरायली आक्रमण जारी

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बन्दै गर्दा यसलाई कार्यान्वयनमा ल्याउन भने अझै केही समय लाग्ने जनाइएको छ । बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले स्वीकृति दिएको र युद्धविराम प्रस्तावमा केके विषय उल्लेख छन भन्ने सार्वजनिक नभएपनि अमेरिकी राष्ट्रपति जो वाइडेनलले केही बेरमा यसबारे थप स्पष्ट पार्ने विविसीले उल्लेख गरेको हो ।

यसैबीच, युद्धविरामको प्रस्तावमा सहमति भएपनि इजरायली सेनाले हिज्बुल्लाह माथिको आक्रमण जारी राखेको समाचार माध्यमहरुले जनाएका छन भने युद्धविराम प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले किन लेवनानी हिजबुल्लाह सँग युद्धविराम गरिएको भन्ने बारेमा भने इजरायलमा नै निकै चर्को बहस शुरु भएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement