म्यानमारका संस्कृतिमन्त्री युटिन द्धारा लुम्बिनी भ्रमण

म्यानमार सरकारका धार्मिक मामिला तथा संस्कृति मन्त्री युटिन ओलु यिनले बुधबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् ।

मन्त्री युटिनलाई लुम्बिनी विकास कोषका वरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् ।

उक्त अवसरमा मन्त्री युटिनले शान्ति दीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिएका छन ।

Advertisement

बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका युटिनले माया देवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए ।

बुद्धिष्ट देश समेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ । लुम्बिनी स्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो ।

संस्कृति तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थ यात्री बढ्न सक्ने लुम्बिनी विकास कोषले अपेक्षा गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement