स्पेनिश ला लिगा फुटबल अन्तर्गतको एल क्लासिको बार्सिलोनाले जितेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियाल मड्रिडलाई ४ ० गोल अन्तरले पराजित गरेको हो ।
रियाल म्याड्रिडको घरेलु मैदानमा भएको यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले शानदार प्रदर्शन गरेको थियो ।
बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल तथा लामिन यमल र राफिन्हाले एक एक गोल गरेका हुन ।
यो जितपछि ला लिगामा बार्सिलोनाले रियाल मड्रिड माथि ६ अंकको स्पष्ट अग्रता हासिल गरेको छ भने बार्सिलोनाको ११ खेलमा ३० अंक भएको छ भने दोस्रो स्थानको रियाल मड्रिडको ११ खेल बाट २४ अंक रहेको हो ।