मौसम अपडेटमदेशव्यापी अधिक वर्षाको सम्भावना

नेपालमा अबको केही दिन दोहोरो न्यूनचापीय प्रणालीका कारण मनसुन अधिक सक्रिय रहने भएको हुदा जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै पूर्वबाट भित्रिएको मनसुनी न्यूनचापीय प्रणालीसँगै पश्चिमी न्यूनचापीय प्रणालीको दोहोरो असरले मनसुन अधिक सक्रिय हुने जानकारी दिएको हो । जसका कारण देशव्यापी रूपमा मध्यमदेखि अति भारीसम्मको वर्षा हुने अवस्था सिर्जना हुँदै गएको छ।

विभागका अनुसार अहिलेको अवस्थामा मनसुनी न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभागमा केन्द्रित रहेको छ । बुधबार रातिबाट त्यो रेखा अझ नेपालनजिक सरेको र त्यस्तै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणाली विकसित हुने प्रक्रिया सुरु भएको छ ।

विभागका अनुसार “यी दुवै प्रणालीहरूको प्रभावले आउँदो शनिबार बिहानसम्म नेपालमा मनसुन थप सव्रिmय हुने सम्भावना भएकाले सतर्कता अपनाउनुपर्ने र यस अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा अविरल वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा तथा कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो ।

Advertisement

जेठ २८ गते नेपाल भित्रिएको मनसुन असार १४ गतेदेखि देशव्यापी रूपमा सव्रिmय बनेको हो । सो क्रममा सुदूरपश्चिमको कञ्चनपुर दोधारा क्षेत्रमा देशभरमै अत्यधिक वर्षाको रेकर्ड भएको विभागका प्रवक्ता सुनील पोखरेलले जानकारी दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement