मौसमःयी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

Indian women standing holding umbrella On the empty rural road in the rainy season.

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।देशको पहाडी भूभागका थोर स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भूभागका एक /दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।त्यस्तै आज राती लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा एकरदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement