मुलुकभर ६२ लाख ७२ हजार ३४ व्यक्तिगत घटना दर्ता

राष्ट्रिय जनगणनाअनुसार पुरुषभन्दा महिलाको संख्या ६ लाख ५७ हजार ४ सय ७६ बढी छ। तर, संख्या बढी भए पनि साक्षरता, नोकरी, व्यापार व्यवसाय, राजनीतिमा पहुँच भने महिलाको निकै कम छ। पुरुषको तुलनामा भौतिक स्वतन्त्रता झनै कम छ।

पितृसतात्मक सोचका कारण जनसंख्यामा बढी रहे पनि व्यक्तिगत घटना दर्तामा समेत महिलाको पहुँच कम देखिएको छ। वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम मनाइयो। जनसंख्यामा बढी रहेका महिलाको जन्मदर्ता भने पुरुषभन्दा सवा लाखले कम छ। राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५ सय ७८ छ। जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ ९५१।०२ प्रतिशत० छ। पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ ९४८।९८ प्रतिशत० रहेको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको तथ्यांकअनुसार पुरुषको जन्मदर्ता १७ लाख २० हजार ५१३ छ। महिलाको जन्मदर्ता १५ लाख ९४ हजार ६० मात्र रहेको छ। घटना दर्ता सप्ताह कार्यक्रम शुक्रबार सम्पन्न हुने बेलासम्म पुरुषको मृत्यु दर्ता ४ लाख ७२ हजार १ सय ६१ पुगेको छ। महिलाको मृत्यु दर्ता ३ लाख ८५ हजार १ सय ९० रहेको छ।

Advertisement

विभागका महानिर्देशक युवराज कटेलका अनुसार जम्मा १३ लाख २१ हजार २ सय ९२ जोडीको विवाह दर्ता भयो। यसबीच ६६ हजार ५ सय ११ जोडीको सम्बन्धविच्छेदका घटना दर्ता भए। बसाइँ सरेर जाने ३ लाख ६ हजार ९ सय ४४ र बसाइँ सरी आउने चार लाख पाँच हजार २ सय ३७ गरी ७ लाख १२ हजार १ सय ८१ ओटा बसाइँसराइका घटना दर्ता भए। मुलुकभर ६२ लाख ७२ हजार ३४ व्यक्तिगत घटना दर्ता भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement