मुख्यमन्त्री सिंहद्वारा पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन

मुख्यमन्त्री सिंहकुमार सिंहले पोषण पुनःस्थापना केन्द्र भवनको उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच प्रादेशिक अस्पताल जनकपुरधामको प्रांगणमा अवस्थित पोषण पुनःस्थापना केन्द्रको दुइकोठे भवनको संयुक्त रुपमा उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले गरेका हुन । वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास बर्दिवासद्वारा एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको पोषण पुनःस्थापना केन्द्रको दुई कोठे भवन कक्षको उद्घाटनको क्रममा मुख्यमन्त्री सिंहले पोषण भवन निर्माणले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउने बताएएका छन ।

उनले कुपोषित बालबालिकाहरुको उपचारका लागि निर्माण गरिएको सो भवन निर्माणका लागि कृतज्ञ हुँदै दाता संस्थाप्रति आभार व्यक्त गर्नुको साथै वल्र्ड भिजन इन्टरनेशनलका प्रतिनिधि अनुप राणाले बालबालिकाको पोषणको क्षेत्रमा काम गर्ने उदेश्य राखेको संस्थाले मधेशका विभिन्न जिल्लामा काम गरिरहेको बताएका हुन । १९ लाख ५९ हजार ९ सय ५९ रुपैयाँको लागतमा निर्माण सो भवनमा उपचार गर्न आउने बालाबालिकालाई वल्र्ड भिजनले खेलकुद सामग्रीसमेत उपलब्ध गराउने गरेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement