मुख्यमन्त्री सिंहद्वारा कमलामा बगर र अन्य खेती योग्य बगर जमिनको सदुपयोग गर्ने घोषणा

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बुधबार ७ हजार बिघा बगर जमिनको स्थलगत निरीक्षण गरेका छन् ।धनुषाको कमला नगरपालिकामा रहेको ६ ७ हजार बिघा बगर जमिनको मुख्यमन्त्री सिंहले स्थलगत निरीक्षण गरेका हुन् ।

बगर खेती योग्य जमिनमा प्रदेश सरकारबाट कृषि उत्पादन गर्ने उद्देश्यले मुख्यमन्त्री सिंह नेतृत्वको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको हो ।निरीक्षणपछि मुख्यमन्त्री सिंहले आफ्नो नेतृत्वको सरकारले बगर खेती योग्य जमिनको सदुपयोग गर्ने घोषणा गरेका छन् ।

जम्बो टोली लिएर निरीक्षण गरेका मुख्यमन्त्री सिंहले स्थानीयसँग गरेको अन्तरक्रियामा आफ्नो नेतृत्वको सरकारले कमला नगरपालिकामा रहेको बगर खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

उनले भने, ‘यो जमिनमा के कस्ता खेती गर्न सकिन्छ, त्यसको डीपीआर तयार गरि खेती योग्य जमिनमा द्रुत गतिमा काम अगाडि बढाउने तबरले सबै क्षेत्रका विज्ञ लिएर पनि आएको बताएका छन । डीपीआर तयार भइसकेपछि मल्टी उद्देश्यले कामको थालनी हुने र सो क्रार्य चाँडै सुरु हुने समेच बताएका हुन ।’

सबै सरकारले कमलाको बगर खेतीमा काम गर्ने आश्वासन दिए पनि आफ्नो नेतृत्वको सरकारले त्यसलाई परिणाम आउने गरी काम गरेर देखाउने उनले आश्वासन दिएको हो ।

सरकारले लगानी गर्नका लागि नै निरीक्षण गरेको मुख्यमन्त्री सिंहले भनेका र प्रदेश सरकारले बगर खेती योग्य जमिनमा कृषिलाई लक्षित गरेर कामको सुरुवात गर्ने योजना बनाएको हो ।

मुख्यमन्त्री सिंहले बुधबार गरेको बगर खेती योग्य जमिनको अवलोकन पश्चात् पूरै योजना तयार गरिएको स्थानीयलाई सुनाएका हुन । उनले कमलाको बगरमा ताल बनाउन, माछा पालन, बाख्रा पालन,भैँसी पालन, केरा खेती जस्ता मल्टी प्रपजलका लागि खेती गरिने समेत बताएका छन् । ताल बनाइयो भने वाटर लेभल पनि बढ्ने भएकाले बगर खेती योग्य जमिनको सदुपयोग गर्न अपरिहार्य भएको उनले ठहर गरेका हुन ।

त्यसका लागि स्थानीय पालिकादेखि सबै सम्बन्धित संस्थाहरूले सहयोग गर्न आवश्यक रहेको त्यस्तै सबैको समन्वयमा काम भयो भने उपल्बधीमूलक हुने उनले आपनो तर्क राखेका हुन । स्थलगत निरीक्षणमा कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीसहित सबै क्षेत्रका विज्ञहरूको सहभागिता भएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement