मुखियापट्टीमा जनलहर चलिरहदा काँग्रेस एमालेका दर्जनौ नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश

धनुषा जिल्लाको मुखियापट्टी मुसहरनीया गाँउपालिकामा जनता समाजवादी पार्टी नेपालको जनलहर नै चलेको छ । गत स्थानीय निर्वाचनमा आपार मतका साथ निर्वाचित भएका गाँउ पालिका प्रमुखको विकासवादी चिन्तन एवं सुशासनको पहलले अन्य पार्टीका नेता कार्यकर्ताहरु धमाधाम जसपा नेपालमा प्रवेश गर्न थालेका छन ।

शनिवार मुखियापट्टी मुसहरनीया गाँउपालिकाको वडा नं ५ बेलाम आयोजित कार्यकर्ता भेटघाट एवं पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी लगायतका पार्टी बाट दर्जनौ नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका हुन ।

जसपा नेपालका वडा अध्यक्ष रामधनी यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रिय सदस्य जीतेन्द्र कुमार यादव , गाउ पालिका प्रमुख जयकुमार यादव सहतिका नेताहरुले नव प्रवेशीहरुलाई माला र गमछा लगाई पार्टीमा स्वागत गरेका छन ।

Advertisement

यस अघि हिजो शुक्रवार मात्रै एमालेका स्थानीय प्रभावशाली नेता विश्वनाथ यादव, नेपाली काँग्रेसका प्रमोद यादव सहितका नेताहरु जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव बाट जनकपुरमै टिका लगाई जसपा नेपालमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीतेन्द्र यादवले जसपा नेतृत्वको मुमु गापा स्थानीय सरकारले गरि रहेको विकास निर्माणको कार्यहरुलाई जनताले रुचाई रहेको प्रति स्थानीय सरकार र नेतृत्वलाई धन्यवाद दिएका थिए ।

उनले जसपाले विकासका साथै समाजिक रुपान्तरणका मुद्दालाई समेत समेटेकोले यसलाई सहयोग र समर्थन गर्न आम जनसमुदाय संग आग्रह समेत गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेता विश्वनाथ यादव, रविन्द्र प्रसाद यादव छोटे गापा उप प्रमुख शायदा खातुन, निर्वाचित वडा अध्यक्ष कैलाश यादव, उदय चन्द्र झा सहितका नेताहरुले सम्बोधन गरेका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement