मिथिला मध्यमा परिक्रमा आज दोश्रो दिन भारत स्थित कल्ना प्रस्थान

मिथिला माध्यमिकी परिक्रमा आज दोश्रो दिन भारत स्थित कल्नाको लागि प्रस्थान गरेको छ । पहिलोदिन आइतबार राति जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज बिहानैदेखि कल्नाको लागि प्रस्थान गरेका हुन् । साधु सन्त, किशोरी तथा बिहारी जीको डोलाका साथमा हजारौ श्रद्धालु तथा भक्तजनहरुको टोली भारतको कल्ना जाँदै छन् । कल्ना पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई पूजापाठ गरी रात्रीकालीन बिश्राम पनि आज कल्नामा नै गर्नेछन् । त्यसपछि भोलि बिहानै परिक्रमा भारतकै गिरिजा स्थान फुलहर प्रस्थान गर्नेछन् । भोली गिरिजास्थान, फुलहर हुँदै मठिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, बिशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिनमा परिक्रमा टोली जनकपुर आउनेछन् । त्यसपछि जनकपुरमा अन्तरगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ । त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने समेत परम्परा रहेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement