महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख ९अधिकृत छैटौं० महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव(इन्जिनियर संजय कुमार मंडलविरूद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्‍दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा ९२० बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गरेको छ ।

यस्तै एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख ९अधिकृत छैटौं० महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव(इन्जिनियर संजय कुमार मंडलले एकडारा गाउँपालिका वडा नं। १ अन्तर्गतका स(साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।उनीहरूविरूद्ध अख्तियारले ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

Advertisement

 

 

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement