सिरहामा बच्चा नहुने महिलाहरुलाई पेटमा बच्चा दिने भनेर लाखौँ ठग्ने धामी बाबा पक्राउ परेका छन् । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ स्थित बस्ने दुःखि ठाकुर धामी झाँक्रीलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाहरुलाई पेटमा बच्चा हुने भनेर औषधी दिने गरेको र औषधी खाए पश्चात बच्चा नभएपछि महिलाहरुले उजुरी गरेका थिए ।
धनुषा, सिरहा, सप्तरी आदि जिल्लाका महिलाहरुलाई दुखी ठाकुरले बच्चा नहुने महिलाहरुलाई आफूले दिएको औषधी खाएपछि बच्चा हुने भनेर मन्त्र फुक्ने वापत ३५ हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका थिए । कुनै कुनै महिलालाई पेटमा बच्चा हुने औषधीको नाममा सोहजन शितलचीनीको लस्सा खुवाउने गरेको बताएकी एक महिलाले त्यस वापत एक लाख रुपैयाँ दिएको बताइएको छ ।
पेटमा बच्चा हुनको लागि औषधीले सहयोग गर्ने भनेर झाँसा दिएर महिलाहरुलाई बेवकुफ बनाउँदै आएका ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो भने लाखौं रुपैयाँ ठगेको धामी ठाकुरलाई लहान प्रहरीले पक्राउ गरि आज म्याद थप गरेको छ । बाँझोपन भएको महिलाहरुद्धारा मिलेर लहान प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरीका अधारमा धामीलाई ठगी मुद्दा लगाउँदै पक्राउ गरीएको हो ।