महिलालाइ बलात्कार गरेको आरोपमा दुई जना पक्राउ, एक फरार

 

सल्यानमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। यही घटनामा संलग्न भएका आरोपित अर्का एक जना भने फरार रहेका हुन ।

पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका ८ घर भएका, हाल सल्यान देवस्थलमै बस्दै आएका २४ वर्षीय मानबहादुर रावत रहेका छन्।

Advertisement

उनीहरूलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट पक्राउ गरेको हो भने फरार रहेका अर्का एक जना आरोपितको खोजी तीव्र रूपमा भइरहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताएका छन।

तीन युवाले घरमा नाबालक छोरासँगै सुतिरहेकी एक २३ वर्षीया महिलाको बलात्कार गरेको आरोप रहेको छ। पीडित महिला सुतिरहेका बेला तीन जना युवाले असार ३१ गते राति १२ बजेतिर ढोकामा हानेर ढोका खोले पश्चात जबरजस्ती कोठामा प्रवेश गरी महिलालाई लछारपछार गर्दै बार्दलीमा ल्याएका थिए।

उनीहरूले आफूलाई घिसार्दै शौचालय नजिक पुर्‍याएर बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

प्रहरी प्रवक्ता खत्रीका अनुसार पीडित महिला श्रीमानसँगको खटपटपछि नाबालक छोरासहित माइती घरमा बस्दै आएकी थिइन्। पीडित महिलाका अभिभावक रोजगारी सिलसिलामा भारतमा बस्दै आएकाले घरमा आमाछोरा मात्रै बस्दैआएका थिए।

आफूमाथि भएको घटनाबारे पीडित महिलाले साउन १ गते जिल्ला प्रहरी कार्यालय सल्यान, खलंगामा पुगेर तीन जनाविरूद्ध किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि दोस्रो दिन प्रहरीले दुई जनालाई पक्राउ गरेको र उनीहरू विरूद्ध अदालतबाट म्याद थप भइ घटना अनुसन्धान भइरहेको प्रहरीले बताएका छन।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement