मधेस सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने

मधेस प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाहरूको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले बाढीपहिरो तथा डुबानबाट प्रभावितलाई राहत उपलब्ध गराउन एक द्धारा प्रणाली अवलम्बन गर्न प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

उनले प्रभावित बस्तीमा राहत तथा पुन स्थापना कार्यलाई व्यव स्थित र प्रभावकारी बनाउन स्थानीय तहलाई आग्रह गरेका छन् । मुख्य मन्त्री सिंहले विपद्का बेला मधेस प्रदेशमा खोज, उद्धार एवं तत्काल राहत कार्यको व्यवस्थापनमा सक्रिय स्थानीय तह, सुरक्षा अधिकारी, सुरक्षा कर्मीलगायतलाई धन्यवाद समेत दिएका हुन । उनले यसअघि बाढीबाट प्रभावित गाउँ बस्तीमा पुनःस्थापनाका काम गर्न स्थानीय तह र विभिन्न स्थानीय तहलाई कार्य क्षेत्र बनाई काम गर्दै आएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैर सरकारी संस्थासँग आग्रह गरेका थिए ।

बाढीका कारण कृषि, सिँचाइ, भौतिक पूर्वाधार लगायत क्षेत्रमा भएका क्षतिका विषयमा विवरण संकलन भइरहेको जानकारी दिँदै मुख्यमन्त्री सिंहले त्यसअनुरूप राहत तथा पुन स्थापना कार्यमा सहजीकरण गर्न प्रदेशका मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement