मधेश सरकारबाट काँग्रेसको समर्थन फिर्ता, मुख्यमन्त्रीले फेरि विश्वासको मत लिनु पर्ने

?????????????????????????????????????????????????????????

मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले शुक्रवार समर्थन फिर्ता लिएको पत्र प्रदेश सभामुख, प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई पठाएका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले पछिल्लो पटक गरेको मन्त्रिमण्डल पुनर्गठनमा नेकपा एमालेलाई सरकारमा सहभागी गराउँदै कांग्रेसलाई हटाएका थिए । सरकारबाट बाहिरिएको पाँचौ दिन कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको छ । कांगेसले समर्थन फिर्ता लिए पनि सरकार भने संकटमा रहेको देखिदैन । एमालेले सरकारलाई समर्थन गरेपछि सरकारसित पूर्ण बहुमत छ । केन्द्रमा रहेको संघीय गठबन्धन परिवर्तन भएसँगै प्रदेशहरुमा पनि कांग्रेसलाई सरकारबाट हटाइएको छ । कांग्रेसका प्रदेश प्रमुख रहेका प्रदेशमा अब एमालेका प्रदेश प्रमुखहरु बहाल भइसकेका छन् । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले फेरि विश्वासको मत लिनु पर्ने भएको छ । सरकारसित बहुमत रहेपनि संसदीय चलन अनुसार मुख्यमन्त्रीले प्रदेश सभामा बहुमत सिद्ध गर्नुपर्ने हुन्छ । तराईमा होली सकिएपछि मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement