मधेश प्रदेश अध्यक्षमा झासहित ३ जनाको उम्मेदवारी

नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति अध्यक्षमा तीन जनाले मनोनयन दर्ता गराएका छन् । आसन्न मंसिर २८ गते हुने निर्वाचनमा सोमबार सप्तरीका अबधेश कुमार झासहित ३ जनाले मनोनयन दर्ता गराएका हुन् । प्रेस मञ्च नेपालका महासचिव समेत रहेका झाले प्रेस मञ्च नेपाल, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट उम्मेदवारी दिएको प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंहले जानकारी दिएका छन । यसैगरी नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त गठबन्धनबाट श्याम बन्जारा र नबलकिशोर यादवले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसैगरी खुल्ला उपाध्यक्षमा समाजवादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेका सप्तरीकी अम्बिका दाहालले मञ्च, सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी छिन भने उपेन्द्र कुमार यादव,जयनारायण प्रसाद यादव, विश्वनाथ ठाकुर सहित ४ जनाले उम्मेदवारी दिएका छन् । यसैगरी १ महिला उपाध्यक्ष पदका लागि मञ्च, सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त गठबन्धनबाट प्रेस सेन्टरकी हेम कुमारी बरालले उम्मेदवारी दिएकी छिन् भने रिंकु कुमारी दास र ज्वोती झा गरि ३ जनाको उम्मेदवारी परेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement