मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु, गृहमन्त्री लामिछाने र मुख्यमन्त्री यादव द्वारा गोष्ठीको उद्घाटन

मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा सुरु भएको छ । गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका छन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी रहेका छन् । गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिएका छन । गोष्ठी अघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसंग र मिटरब्याज पीडितहरुसंग समेत छलफल गरेका थिए । मिटरब्याजको समस्या समाधान गर्न आयोगले काम गरिरहेको र सबै पीडितलाई न्याय दिने प्रतिबद्धता गृहमन्त्री लामिछानेले जनाएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement