मधेशका मुख्यमन्त्री सिंहको वन व्यवस्थापनमा बिशेष जोड

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वृक्षरोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदाहरू बढाउन र विश्व्यापी रूपमा भइरहेको हरिगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।

धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा ८२ बिघा जग्गामा लगाइएको छ हजार आँपको बोट फँडानी गरी सोलार प्लान्ट लगाउन जग्गा भाडामा दिने किसानका बाध्यताबारे ध्यानाकर्षण गराउन पुगेका अभियन्ता हरूलाई मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।आइतबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका फुलगेन मगहीस हितका अभियन्तालाई मुख्यमन्त्री सिँहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताएका छन ।

‘मुख्यमन्त्री सिँहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नील गाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा किटाशक औषधि, मलखाद र उपकरणको व्यवस्थ, सिँचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement