भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तर पश्चिममा रहेको सिकर जिल्लाको लक्ष्मणगढमा दुर्घटना भएको थियो । प्रहरीका अनुसार यात्रुले भरिएको निजी बस सालासरबाट नवलगढ जाँदै गर्दा दुर्घटना भएको हो ।

“आज स्थानीय यात्रु बोकेको निजी बस यहाँ कल्भर्टमा ठोक्किएर दुर्घटनामा परी १२ जनाको ज्यान गएको छ,” वरिष्ठ प्रहरी अधिकारी सत्येन्द्र चौधरीले बताउका हुन । “केही घाइतेहरूलाई जयपुरमा रिफर गरिएको र बाँकीको एसके अस्पताल सीकरमा उपचार भइरहेको छ ।”दुर्घटना लगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि उद्धार टोली र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइतेलाई अस्पताल पु¥याएका थिए ।

एसके अस्पताल सिकरका सुपरिटेडेन्ट डा महेन्द्र खिचडका अनुसार यहाँ कुल ३७ जना बिरामी भर्ना भएका थिए । मृतक तीन जनाको उपचारका क्रममा मृत्यु भएको र सातजनालाई जयपुर पठाइएको र बाँकीको यहीँ उपचार भइरहेको छ ।”

Advertisement

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ भने भारतमा यस प्रकारका सडक दुर्घटनाहरू सामान्य रहेका छन् । मुख्यतया भारतमा ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङका कारण दुर्घटना हुने गर्दछ । अधिकारीहरूका अनुसार दक्षिण एसियाली देशहरूमा हरेक वर्ष करिब ५० लाख सडक दुर्घटनामा एक लाख ५० हजार जनाको ज्यान जाने गरेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement