भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी भाजापा सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट हात प।रेका हुन ।
भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपी सहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो । विपक्षी गठबन्धन महा विकास अघाडी एमभीएले ४१ सिट जितेको छ भने एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी एसपी लगायत सहभागी रहेका छन् । छ सिटमा भने अन्य दलहरू विजयी भएका छन् ।
महाराष्ट्रका सबै दुई सय ८८ विधानसभा सिटका लागि बुधवार मतदान भएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने अनुमान् विपरीत सत्तारुढ गठबन्धनले सहज जीत प्राप्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।