भारतको उत्तर प्रदेश राज्यमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा १० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार उत्तर प्रदेशको मिर्जापुरमा बिहीवार अवेर राति दुर्घटना हुँदा ३ जना घाइते समेत भएका छन्।
मिर्जापुर प्रहरीका अुनसार ट्रकले पछाडीबाट ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको र मृत्यु हुने सबैजना श्रमिक रहेको बताइएको हो । मिर्जापुर प्रहरीका अुनसार घाइते ३ जनालाइ भने उपचारका लागि बनारस पठाइएको छ।