सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ६ लाख बराबरको लसुन बरामद गरेको छ । मंगलबार राती ११ बजे पर्साको बिन्दबासिनी गाउँपालिका ३ झौवा गाँउका जोगिन्द्र यादवको गोठबाट अन्दाजी दुई हजार दुई सय पचास किलो परिमाणको लसुन बरामद गरेको हो ।
सिमा सुरक्षा गुल्म अलौका सशस्त्र प्रहरी नायव उपरिक्षक सुशिल बस्नेतको कमाण्डमा खटिएको १० जना र प्रहरी चौकी अमरपट्टी बाट पहरी वरिष्ठ नायव निरिक्षक मदन मल्लको कमाण्डमा १० जनाको संयुक्त टोलीले लसुन बरामद गरेका हुन ।
भन्सार छली चोरी पैठारी गरी लुकाई राखेको अवस्थामा ८० ९० वटा बोरामा रहेको लसुन बरामद गरेका हुन भने बरामद लसुन भन्सार बुझाउने प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको हो ।