ब्राजिलमा जहाज दुर्घटना हुँदा ६१ जनाकै मृत्यु

ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको हो । भिन्हेदो सहर नजिकै रहेको भालिन होसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका हुन ।

डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको विमान भिन्हेदो शहरमा नै दुर्घटनाग्रस्त भएको हो ।

स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् । विमान आवासीय क्षेत्रमा खसेको भए पनि त्यहाँका कोही मानिस घाइते नभएको बिबिसी समाचारमा उल्लेख गरेको छ ।

Advertisement

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement