बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिवत छठ समापन गरिँदै

सूर्यको पूजा आराधना गरी मनाईने लोक आस्थाको पर्व छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिँदै छ । बर्तालुहरुले हिजो साँझ छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए ।

साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालु रातभर जाग्राम बसी आज बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिन छठ पूजा स्थलमा पुगिसकेका छन् । बिहानैदेखि विभिन्न स्थानमा बनाईएको छठ पूजा स्थलमा प्रसाद सहितको दउरी लिएर पुगेका ब्रतालुहरु उदाउँदो सूर्यको पर्खाईमा छन् । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुने गर्छ । कात्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म छठ पर्व मनाउने गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास रहेको हो । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराई÷मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको हो ।

Advertisement

सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ती मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महा भारतमा उल्लेख भए अनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको उल्लेख छ । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको र फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । संघीय सरकारले एक दिन मात्रै बिदा दिने गरेको भन्दै चारदिन मनाईने छठमा दुईदिन विदाको माग पनि गरेका छन् ।

यसैबीच छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । तराई मधेसका विभिन्न ताल, तलैया, पोखरी, नदि तलाउहरुको किनारमा दुलही झैं सिंगारिएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement