बाल यौन दुर्व्यवहारको आरोपमा ५० वर्षीय होटलका सञ्चालक पक्राउ

बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले विराटनगरबाट एउटा होटलका सञ्चालकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ नोबेल अस्पतालनजिकको माँ पाथीभरा होटलका सञ्चालक ५० वर्षीय केदार सेडाईंलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएको हो ।

उनका अनुसार प्रहरी टोलीले शुक्रबार साँझ सेडाईंलाई पक्राउ गरेको हो। मोरङको केराबारी घर भएकी १५ वर्षीया बालिकालाई आफ्नो होटलमा ल्याएर यौन दुर्व्यवहार गरेको आरोप सेडाईंमाथि लागेको छ । शुक्रबार बिहान ११ बजेतिर बालिकालाई दुर्व्यवहार गरेको भनेर उनीविरुद्ध किटानी जाहेरी परेको डीएसपी बस्नेतले बताएका हुन ।

विराटनगर–४ घर भएका सेडाईंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ। स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया पूरा गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार होटल सञ्चालन गरिएको घर सोडाईंको आफ्नै हो। उनले त्यहाँ लज सञ्चालन गर्दै आएका थिए। खाना र नास्ताका लागि भने भाडामा दिएको पाइएको प्रहरीको जनाएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement