बारामा ठूलो परिमाणमा लागूऔषध सहित २० वर्षीय युवक पक्राउ

बारामा ठूलो परिमाणमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका – ३ गम्हरीया घर भएका २० वर्षीय अनिल बैठा रहेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैयाबाट बैठालाई गत शुक्रवार राति लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र। ०३–००१ ख २७०१ नम्बरको रात्रि बसलाई पथलैयामा प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा उक्त बसमा सवार बैठाको साथबाट डाईजापाम ट्याब्लेट २५५० पिस, नाईट्राभेट ४६६५ पिस र नोरफिन १२५० पिस बरामद भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० दधिराम न्यौपानेले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका बैठालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । बैठालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले जानकारी दिए ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement