बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक २९ वर्षीय प्रहरी जवानको मृत्यु

बाराको सिमरामा तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेको हो । उहाँको उपचारको क्रममा परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गएराती परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका वडा नं।२ स्थित नेपाल टेलिकम नजिक राजमार्गमा पछाडिबाट ठक्कर दिएको थियो । प्रहरीले ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएका छन ।

 

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement