बाराको निजगढमा बस दुर्घटना हुँदा चालकको मृत्यु

बाराको निजगढमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना गम्भिर घाईते भएका छन् । बिराटनगर बाट दाङ जादै गरेको बस आईतबार मध्यरातमा निजगढ नगरपालिका वडा नम्बर ८ मा पर्ने उन्नासी पुलमा दुर्घटनामा परेको हो ।

चालक र सहचालक सहित ४३ जना सवार ना ८ ख ११६४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएका छन । बस चालक दाङ देउखुरी गटवा गाउँपालिका–५ का ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका यादवको वीरगञ्ज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिएका हुन ।

Advertisement

अन्य गम्भिर घाईते ७ जनालाई सोही अस्पतालमा उपचार भईरहेको र दुर्घटनामा परेर मध्यम र समान्य घाईतेहरुको उपचार निजगढ स्थित सामुदायीक प्रसुती गृह अस्पताल र सिटी अस्पतालमा भईरहेको प्रहरीले जनाएको हो । प्रहरी निरिक्षक कुशवाहाका अनुसार १५ जना मध्यम र २० जना समान्य घाईते रहेका छन् ।

प्रहरीका अनुसार बसको अगाडीको पट्टा भाँचिएर बस अनियन्त्रित भएर पुलको १० मिटर तल खसेको र दुर्घटनाको अवस्था हेर्दा ठुलो क्षतिबाट जोगिएको प्रहरी निरिक्षक कुशवाहाले बताएका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement