बसको ठक्करबाट युवकको मृत्यु हुदा हनुमाननगर बजार तनावग्रस्त

बसको ठक्करबाट युवकको मृत्यु भएपछि सप्तरीको हनुमाननगर बजार तनावग्रस्त भएको हो । बिहीबार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ५ जोगनियामा बसको ठक्करबाट २२ वर्षीय धुरुप मण्डलको मृत्यु भएको थियो ।

जोगनियास्थित भारदह राजविराज सडक खण्डमा भारदहबाट राजविराजतर्फ आउँदै गरेको को ३० प ८१०९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ४०४६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक मण्डल टाउको र शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते मण्डललाई उपचारका लागि गजेन्द्र नारायणसिंह अस्पताल राजविराज ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । अहिले घटनाको विरोधमा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय हनुमाननगर अगाडि टायर बालेर विरोध गरिरहेको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement