बचत गरेको रकम फिर्ता नगरेपछि सहकारी पीडित रुदै पुगे इप्रका कंचनपुर

सहकारी संचालकले बचत गरेको रकम फिर्ता नगरेपछि सप्तरीको कन्चनरुप नगरपालिका २ की पीडित श्याम कुमारी चौधरी शुक्रबार रुदै ईलाका प्रहरी कार्यालय कंचनपुर पुगेकी हुन । शुभलक्ष्मी बचत तथा ॠण सहकारी संस्था लिमिटेड कन्चनरुप ४ कबिलासाका संचालकहरुले बचत गरेको १० लाख रुपियाँ फिर्ता नगरेपछि न्यायका लागि उनी प्रहरी कार्यालय पुगेकी हुन् ।

श्रीमान विरेन्द्र चौधरीको नाममा सहकारी संस्थामा खाता संचालन गरी खाइ नखाई जम्मा गरेको १० लाख रुपियाँ फिर्ता नदिंदा पुरै परिवार विचल्लीमा परेको उनले बताएकि हुन।
विश्वासमा परेर कमाएको सबै सम्पत्ति सहकारीको खातामा जम्म गरेँ तर अहिले आबश्यक पर्दा पैसा निकाल्न खोज्दा संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले दिन नमान्दा परिवारको विजोग भएको उनले बताएकि हुन ।

“छोराछोरीको पढाईको फिस बुझाउंँने सम्म पैसा छैन भन्दै गहभरी आँसु चुहाउँदै उनि न्यायको लागि प्रहरि चौकि पुगेकि हुन । भक्कानीदै उनले त्यसैको चिन्ताले भोकप्यास हराएको र पैसाकै कारण छोराछोरी परिक्षाबाट बन्चित समेत हुनुपर्यो यो कुरा सम्झिदा दुखले रातको निन्द्रा समेत हराएको छ।”

Advertisement

उनले सहकारी संस्थामा गरेको बचत फिर्ताका लागि पहल गरीदिन स्थानीय प्रशासन तथा सरोकारवालाहरुसंग आग्रह समेत गरिन । चौधरीको जस्तै एउटै समस्या बोकेर सयौंको संख्यामा सोही सहकारी संस्थाका पीडितहरु शुक्रबार इलाका प्रहरी कार्यालयमा डेलिगेशन गएका हुन । सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीले आफुहरुको दुई करोड भन्दाबढी रकम ठगी गरेको भन्दै उनिहरु प्रहरी कार्यालय पुगेका हुन् ।

पीडितहरु प्रहरी कार्यालय पुगेपछि प्रहरीले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुलाई झिकाएर छ्लफल गराएको एक पीडितले जानकारी दिएका छन ।
छलफलमा पीडितहरुले आफुहरुले सहकारीमा जम्मा गरेको रकम अविलम्ब फिर्ता गर्न माग गरेपछि सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरुले बचत गरेको रकम ॠण लगानी गरिएकोले उठाएपछि मात्र फिर्ता हुने बताएपछि सहमतिमा जुट्न नसकेको उनले बताएका हुन ।

साँझ अबेर सम्म चलेको छ्लफल निष्कर्ष विहिन भएपछि शनिबार समेत छ्लफलमा बस्ने सहमति गरी घर फर्किएको पीडितहरुले बताएका छन ।आजपनि बचत फिर्ता गर्न संस्थाका पदाधिकारी तथा कर्मचारीहरु तयार नभए कानुनी कारबाही तथा सडक संघर्षमा उत्रिनु बाध्य हुने पीडितहरुले चेतावनी दिएका छन ।

यता सहकारीका अध्यक्ष हरिदयाल मुखियाले आफ्नो कार्यकालमा कुनैपनी आर्थिक कारोबार नभएको बताउंँदै यसको सम्पुर्ण जिम्मेवारी पुर्व अध्यक्षसहितका संचालक समितिले लिनुपर्ने बताएका हुन । पुर्व अध्यक्ष छोटेलाल साहले सहकारीका सदस्यहरुले गरेको बचत उनीहरुमाथि नै लगानी गरिएकोले ॠण उठेपछि बचत रकम पनि फिर्ता गर्ने बताएको छन ।

सहकारी संचालक समिति र कर्मचारीहरुले सहकारी संस्थाका सदस्यहरुको २ करोडबढी रकम फिर्ता गर्न आनाकानी गरेपछि पाँचजना सहकारी अभिकर्ता बचत उठाउने मान्छेले पीडित पक्षको अगुवाई गर्दै इलाका प्रहरी कार्यालय कंचनपुरमा निवेदन समेत दर्ता गरेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement