बकैया खोलाले बगाएका माझीको शव फेला

बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका एकजनाको शव फेला परेको छ । मंगलबार अर्थात आज बिहान रौतहट चन्द्रपुर नगरपालिका–२ जुडि बेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएका छन ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले माझीको शव प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका हुन । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आएका माझी बकैया–६ जुनाइ स्थित खोला तर्ने क्रममा यही भदौ २१ गते आएको खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा बिहान खोला किनारमा शव फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement