गिनीमा फूटबल मैदानमा भएको झडमा कम्तिमा ५६ जनाको मृत्यु भएको छ । देशको दोस्रो ठूलो सहर निजोर कुरमा भएको फुटबल खेलमा कम्तिमा ५६ जनाको मृत्यु भएको सरकारले जनाएको हो। समाचार अनुसार रेफ्रीको ‘गलत निर्णय पछि’ यो घटना घटेको जनाइएको छ भने रेफ्रीले पाहुना टोली लाबेका दुई खेलाडीहरूलाई रातो कार्ड दिए संगै विवादास्पद पेनाल्टी किक दिए पछि यो झडप सुरू भएको थियो ।
‘सो झडपमा जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ,’ प्रधानमन्त्री ओरी बाहले एक विज्ञप्तिमा जारी गर्दै भने, ‘यो घटनालाई दुःख ब्यक्त गर्दै शोकमा परेकाहरूप्रति समवेदना व्यक्त गरेका छन ।’
नाम खुलाउन नचाहेको एक डाक्टरले समाचार एजेन्सीहरूलाई भने, ‘अस्पतालमा आँखाले देख्ने ठाउँसम्म शवहरू लाइनमा राखिएको छ भने उनका अनुसार मृतकको संख्या थप बढन सक्ने बताइएको हो । अरु घाइतेहरूहरू हल र सडकको भुइँमा सुतिरहेका छन्। शव भरिएको बताउदै स्थानीय मिडियाका अनुसार पुलिसले भीड नियन्त्रण गर्नका लागि अश्रु ग्याँस समेत प्रयोग गरेका थिए ।
जब आगन्तुक टोली लाबेका समर्थकहरूले रेफ्रीसँग रिसाएर मैदानतर्फ ढुङ्गा हान्न थाले पछि भिडन्त सुरू भएको थियो भने ‘यो सबै रेफ्रीको विवादित निर्णयबाट सुरु भएको हो । त्यसपछि प्रशंसकहरूले मैदानमा आक्रमण गरेको एक प्रत्यक्ष दर्शीले बताएका छन । प्रधानमन्त्री बाहले मारिएका दर्जनौं व्यक्तिलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते सबैलाई पूर्ण चिकित्सा र मनोवैज्ञानिक सहयोग गर्ने वाचा गरेका हुन्।