फुटबल इतिहासमा विश्व लाइ चकित पार्न सफल चर्चित फुटबलर लियोनल मेसी भारत आउदै

अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेसी फेरि भारत आउने भएका छन् । उनी १३ वर्षपछि पुन भारत आउन लागेका हुन् । केरला राज्यका खेलकुद मन्त्री वी अब्दुर हिमानले मेसी सहित अर्जेन्टिनाको फुटबल टोली अर्को वर्ष अन्तर्राष्ट्रिय खेलका लागि आउने जानकारी दिएका छन् ।

उनले भने, ‘विश्वको नम्बर एक फुटबल टोली अर्जेन्टिना र कप्तान लियोनल मेसी केरला आउँने भएका हुन ।भारतमा अर्जेन्टिनाका टोलीले दुई खेल खेल्ने तालिका बनेको छ ।’ विश्वविजेता अर्जेन्टिनाविरुद्धको प्रतिद्वन्द्वी को हुने र खेल कुन मैदानमा हुने भन्ने टुंगो भने नलागेको हो ।

मेसी दोस्रो पटक भारत आउन लागेका हुन् । सन् २०११ मा पनि उनी भारत आएका थिए । सो बेला कोलकातामा अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ मेसीकै पासमा निकोलस ओटामेन्डीले गोल गरेपछि खेल अर्जेन्टिनाले १ ० ले जितेको थियो ।

Advertisement

कोलकाता स्थित विमानस्थलमा मेसी झर्दा त्यहाँ छुट्टै माहोल बनेको थियो । उनलाई हिन्दू परम्परा अनुसार रातो टीका लगाइदिएर स्वागत गरिएको थियो । मेसीको नाम र नम्बर अंकित जर्सी लगाएका समर्थकले उनको पक्षमा नारा समेत लगाएका थिए ।

मेसीलाई हेर्न र भेट्न हजारौँ समर्थक विमानस्थलको गेटमा जम्मा भएका थिए । जसले गर्दा गेट नै जाम भएको थियो । यस्तो अवस्थामा भारतीय सुरक्षाकर्मीले वैकल्पिक गेटबाट मेसीलाई गन्तव्यमा पुर्याउनु परेको हो ।

मेसी भारतमा भएको भेनेजुएलासँगको सोही खेलबाट पहिलोपटक राष्ट्रिय टोलीको कप्तान नियुक्त भएका थिए । भारतपछि अर्जेन्टिनाले बंगलादेशको भ्रमण गरेका हुन । त्यहाँ र्जेन्टिनाले नाइजेरिया सँग मैत्रीपूर्ण खेलेको सो खेलमा पनि अर्जेन्टिनाले ३ १ ले जित्न सफल भएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement