प्रदेशको बाँडफाँट सहमति नजिक, मधेश प्रदेश जसपालाई

संघीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रदेश सरकारको नेतृत्वको भागबण्डा मिलाएका छन् । प्रदेश सरकारको नेतृत्व भागबण्डामा सत्तारुढ दलहरुबीच सहमति जुटेको उच्चस्रोतले जनाएका छन् । नेपाली कांग्रेसको नेतृत्व रहेको प्रदेशहरु नेकपा एमालेले पाउने भएको छ ।एमालेले कोशी प्रदेश सरकारको नेतृत्वलाई अनिवार्य गरेको छ ।कोशी प्रदेश सहित तीनवटा प्रदेशको नेतृत्व एमालेले मागेको छ ।त्यसमा सहमति जुटेको स्रोतले बताएका छन् । जनता समाजवादी पार्टी जसपाले मधेश प्रदेशको नेतृत्व पाउने छ ।जसपालाई अन्य प्रदेशमा नेतृत्व गर्ने संख्या नरहेकोले मधेश प्रदेश नै दिनेमा नेताहरु सहमत भएको स्रोतले जनाएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनमा सहभागी हुँदा नै मधेश प्रदेशको नेतृत्वलाई ‘बटमलाईन’ बनाएका थिए । स्रोतहरुका अनुसार माओवादी केन्द्रले दुई वटा र नेकपा एसले एउटा प्रदेशको नेतृत्व लिने सहमति भएको छ ।सरकारमा ढिला गएको एसले एउटा प्रदेशमा अनिवार्य रुपमा नेतृत्व पाउनु पर्ने दाबी गरेका थिए । एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन एउटा प्रदेशको नेतृत्व दिन लागेको स्रोतले जनाएका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement