प्रतिबन्धित गाँजासहित महोत्तरीका एक वडासदस्य पक्राउ

महोत्तरीबाट प्रतिबन्धित गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ का वडासदस्य ३२ वर्षीय कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेका छन् । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ परिचय नखुलेको ३ जना पुरुषले बोकी ल्याएको सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम बरामद भएको थियो । खोजतलासको क्रममा २ जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement