प्रतिनिधि सभा बैठक द्धारा प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

Chairman of the Communist Party of Nepal- Unified Marxist Leninist (CPN-UML), KP Sharma Oli, is walking out of parliament after taking part in the procedure of the confidence motion filed by now-caretaker Prime Minister Pushpa Kamal Dahal in Kathmandu, Nepal, on July 12, 2024. Dahal is losing his fifth round of the vote of confidence in less than 18 months, forcing him out of power. Oli is set to be the next Prime Minister of Nepal. (Photo by Sanjit Pariyar/NurPhoto via Getty Images)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिन लागेका हुन । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको हो।
नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री ओलीसँग दुई तिहाई बहुमत देखिदा नेपाली कांग्रेसको ८८, नेकपा एमाले को ७८, अशोक राई नेतृत्वको जसपा सात, जनमत पार्टी छ, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पाँच, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी चार, स्वतन्त्र दुई गरी एक सय ९४ मत पक्षमा आउने देखिएको हो ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेकपा एकीकृत समाजवादी र राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा एक, राष्ट्रिय जनमोर्चा एक, प्रभु साह स्वतन्त्र एकले मत कता दिने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको हो ।

Advertisement

नेकपा एमाले ले आफ्नो दलका सांसदलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न प्रमुख सचेतक महेशकुमार बर्तौलाले ह्विप जारी गरिसकेका हुन। असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सात बुँदे सहमति भएको थियो । प्रमुख दुई दलबीच संविधान संशोधनलगायतको विषयमा सहमति भएको भनिए पनि सहमतिपत्र अहिलेसम्म सार्वजनिक नभएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement