पेरुलाई हराउदै अर्जेन्टिना फिफा विश्वकप २०२६ मा छनोट उता ब्राजिल र उरुग्वे बराबरीमा सिमित

फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पेरुलाई १–० ले हराएको छ। यो जितले लियोनल मेसीको टोलीले अमेरिका, मेक्सिको र क्यानडामा हुने २०२६ को विश्वकपमा स्थान पक्का गरेको हो ।

जितपछि अर्जेन्टिना दक्षिण अमेरिकी छनोटको कम्तीमा पनि छैठौं स्थानभन्दा माथि रहने निश्चित भएको र यस क्षेत्रबाट ६ टोली विश्वकपमा छनोट हुने भएकाले साविक विजेता अर्जेन्टिना २०२६ को फिफा विश्वकप फुटबलमा छनोट हुने पक्का भएको छ।

ब्यूनस आयर्समा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका थिए। खेलको ५५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्रमा बल क्रस गर्दै मार्टिनेजलाई अवसर श्रृजना गरेका थिए। यस जितसँगै अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा छ।

Advertisement

उता विश्वकप छनौटको अर्को खेलमा ब्राजिल र उरुग्वे बराबरीमा रोकिएका छन । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा फेडेरिको भलभेर्डेले गोल गर्दै उरुग्वेलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राजिलका लागि खेलको ६२औं मिनेटमा ग्रेसनले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि ब्राजिलको १२ खेलमा १८ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै उरुग्वेको १२ खेलमा २० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement