पूर्व भूमिसुधार मन्त्री रायको दाहसंस्कार सम्पन्न

पूर्वभूमिसुधार राज्य मन्त्री रामचन्द्र रायको मंगलबार अन्तिम दाहसंस्कार गरिएको छ । पूर्वमन्त्री रायको सम्मानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीको एक टुकडीले सलामी अर्पण समेत गरेको हो। मलंगवा नगरपालिका–४ स्थित निवासबाट निकालिएको स्व रायको शव स्थानीय साकेत बिहार राम मन्दिर परिसरमा लगेर दाहसंस्कार गरिएको छ ।

सो दाहसंस्कारमा पूर्वमन्त्री महिन्द्र राय, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मधेश प्रदेश अध्यक्ष भरत गिरी, मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, पूर्व उपसभापति विनोद खनाल सहित नेता कार्यकर्तालगायत विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

आइतबार राति सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१ रतनपुर स्थित घरमा ८० वर्षीय पूर्वमन्त्री रायको हत्या भएको हो । मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका सहोदर दाई रामचन्द्र धानखेती गराउनका लागि केही समयदेखि चन्द्रनगर बस्दै आएका थिए । पूर्वमन्त्री रायका आफन्त समेत रहेका भान्सेको काम गर्ने रामउजैन रायले राति १२ बजे स्थानीय तथा प्रहरीलाई घटनाबारे खबर समेत गरेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहका अनुसार कुराकानी गर्न भन्दै राति ९ बजेतर्फ अपरिचित तीन जना युवक आएपछि पूर्वमन्त्री रायले आफूलाई माथि गएर सुत्न भनेको र राति १ बजेतिर उठेर हेर्दा राय मृत्त देखेको बताएका थिए । प्रहरीका अनुसार यादवको टाउकाको बायाँपट्टी भागमा धारिलो हतियार प्रहार गरीएको र सो हतियार उखु काट्न प्रयोग हुने दबियाले टाउकामा प्रहार भएको प्रहरीले जनाएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement