पुल हाउस सञ्चालकको हत्या आरोपमा बाराको २२ वर्षीय युवक पक्राउ

शंखमुलमा पुल हाउस सञ्चालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका १० साइ बाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका छन्। कुमारलाई बुधबार कुमारको कोठाबाटै पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे ले बताएका छन।

भदौ १० गते बिहान राति करिब १ः५० बजे शंखमुल साइबाबा पार्कस्थित एउटा घरमा सञ्चालन गरिएको पुल हाउसभित्र ४१ वर्षीय रुपक वान्तवाको हत्या भएको थियो। उक्त पुल हाउस वान्तवाले नै सञ्चालन गर्दै आएका र पुल हाउसमा गम्भीर अवस्थामा भेटिएका वान्तवाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो ।

वान्तवालाई शरीरका विभिन्न भागमा प्रहार गरिएको रड कुमारको कोठाबाटप्रहरीले बरामद गरेको हो । रजौरेका अनुसार वान्तवाको पूर्व रिसिइबीको कारण हत्या भएको खुलेको छ। कुमार भने साइबाबा पार्कस्थित टहरामा डेरा गरी बस्दै आएका थिए।

Advertisement

रजौरेका अनुसार उक्त रिसिइबीबारे सबै स्पष्ट भइनसकेको र ‘सानो सानो कुरामा झगडा हुने गरेको र त्यही झगडाको कारण हत्या भएको प्रा रम्भिक अनुसन्धानमा खुलेको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement