पिकअपको ठक्करबाट सिरहामा एक बालकको मृत्यु

पिकअपको ठक्करबाट सिरहामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका ३ इटारी प्रसाही बस्ने सुरज साहका १० वर्षीय छोरा मन साह छन् । प्र। २ ० १००१ च ०३७६ नम्बरको कुखुरा ओसारपसार गर्ने पिकअपले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा लग्ने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनापछि ठक्कर दिने पिकअप चालक फरार भएका छन् । बालकको शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमै राखिएको छ । फरार पिकअप चालकको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement