पाकिस्तानी दूताबासले मनायो काश्मीरी कालो दिवस

भारतले सन् १९४७ को अक्टोबरमा जम्मु काश्मीरमाथि अतिक्रमण गरेको र राष्ट्र संघको अभिसन्धीलाई पनि वेवास्था गरेको भन्दै पाकिस्तानले अक्टोबर २७ तारिखका दिन ‘काश्मिीरी कालो दिवस’ मनाउँदै आएको छ ।

यसै सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी दूताबासले पनि आइतबार एक कार्यक्रमको आयोजना गरी काश्मीरी कालो दिवस मनाएको हो । कार्यक्रममा त्यहाँको नागरिकको सुरक्षा र आफू अनुकुल बाँच्न पाउने अधिकार उपलब्ध गराउन अन्तर्राष्ट्रिय समूदाय एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति असिफ अलि जर्दारी, प्रधानमन्त्री मियाँ मुहम्मद सेवाज सरिफ र उपप्रधान एवं विदेशमन्त्री मोहम्मद इसाक डारको छुट्टाछुट्टै सन्देश पढेर सुनाइएका थिए । सन्देशमा भारतले ७७ वर्षअघि जम्मु काश्मीरमा गैरकानुनी हस्तक्षेप र अबैध रुपमा कब्जा गरेर श्री नगरमा सेना तैनाथ गरेदेखि अहिलेसम्म त्यहाँका नागरिकले शान्ति र सुरक्षित रुपमा जीवन यापन गर्न नपाएको उल्लेख गरिएको हो ।

Advertisement

कार्यक्रमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले काश्मीरी जनताले सहज जीवन जिउन नपाएकोप्रति विश्वको ध्यान जानुपर्नेमा जोड दिएको हो । उनले इजरायल र खाडी राष्ट्रबीच उत्पन्न तनाव, युक्रेन र रुसको युद्धबाट पनि अब विश्वले सिक्नुपर्ने र विश्व शान्तिका लागि एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याए थिए ।

कार्यक्रमका सहभागीहरुले पनि काश्मिरको कारण दक्षिण एसियामा विकास हुन नसकेको जिकिर गर्दै यो क्षेत्रलाई शान्त बनाउन भारतले पनि भूमिका खेल्नुपर्नेमा जोड दिएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement