पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन

पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामा वादमा विशाल प्रदर्शन गरेका उनीहरुलाई रोक्ने प्रयास गर्दा प्रहरीसँग झडप पनि भएको थियो ।

सोमबारको प्रदर्शन हिंसात्मक बन्दा ६ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी प्रहरीहरु घाइते भएका हुन् । स्थिति बिग्रिंदै जान थालेपछि सरकारद्धारा सेना परिचालन गरिएको छ । इस्लामाबाद प्रशासनले पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार कानुनी व्यवस्था बहाल गर्न सेनाको सहारा लिएको बीबीसीले जनाएको छ ।

यसको पुष्टि इस्लामावादका डेपुटी कमिश्नल इरफान मेमनले गरेका छन् । पाकिस्तानको संविधानको अनुच्छेद २४५ अनुसार सुरक्षा व्यवस्थामा खलल पुर्‍याउने माथि गोली हान्न पाउने सम्मको अधिकार रहेको छ । इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–ए इन्साफ पीटीआईका कार्यकर्ताहरुले मार्चपास गर्दै इस्लामावादको संसदसम्म पुग्ने घोषणा गरेका छन् ।

Advertisement

उनीहरुलाई रोक्ने उद्देश्यले नाकामा कडाइ समेत गरिएको छ । यसै वर्ष जनवरीमा इस्लामावादको एक अदालतले ७२ वर्षीय इमरान खानलाई भ्रष्टाचार आरोपमा १४ वर्षको जेल सजायँ र २० लाख पाकिस्तानी रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनले जेल भित्रैबाट कार्यकर्ताहरुलाई देशव्यापी प्रदर्शन गर्न आह्वान गरेका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement