पर्सामा विभिन्न दल त्यागेर ६०० कार्यकर्ता जनमत पार्टीमा प्रवेश

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

पर्साको जगर नाथपुर गाँउपालिका वडा नम्बर ४ सुह पुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।

हत पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका गरि ६ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिएका छन ।

Advertisement

कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु हरिहर साह कानु,सिमा गुप्ता र श्याम गुप्ता, जिल्ला अध्यक्ष सर्राफ, नेतृ रम्भा मिश्रा,नेता सुनिल मुखिया लगायतले समेत सम्बोधन गरेका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement