पर्साको रामनगरीमा किशोरीको शव बरामद

पर्साको रामनगरीमा एक जना किशोरीको शव बरामद भएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरी स्थित एक जना किशोरीको शव बरामद भएको हो । मृत भेटिनेमा स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमा कुमारी सहनी रहेकी पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताएका छन । रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएका छन ।

शनिबार बिहान पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी वीरगन्जको नारायणी अस्पतालमा पठाएको जनाएका छन ।

प्रहरीका अनुसार मृत भेटिएकी किशोरी दुइ दिनदेखि सम्पर्कविहिन रहेकी र यसबारेमा आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएका छन ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement