पन्ध्रदिने माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किदै, भोलि अन्तरगृह गरेर सम्पन्न हुने

पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनपुरधाम फर्किँदै छ । १४ औं दिन भारतको बिशौलमा विश्राम गरेका परिक्रमा यात्री आज १५ औं दिन जनकपुरधाम फर्किरहेका छन् । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने छन् । फागु पूर्णिमाको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि अन्तगरगृह परिक्रमा गरेपछि समापन हुने प्रचलन छ । अन्तरगृह परिक्रमालाई पञ्चाकोशी प्ररिक्रमा भनिन्छ । माध्यमिकी परिक्रममा सहभागी हुन नसेका धेरै मानिस अन्तरगृह परिक्रममा सामेल हुने गर्दछन् । मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, विहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भु–भागको पद यात्रा गरिन्छ । वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ । भोलि परिक्रमा समापन भएपछि पर्सी मंगलबार मिथिलाञ्चल क्षेत्रमा होलि पर्व मनाइन्छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement