पटक–पटक बलात्कार अधिकृतकी श्रीमती गर्भवती

मधेश प्रदेशमा एक कर्मचारीले आफ्नै कार्यालयमा कार्यरत्त एक अधिकृतका श्रीमतीलाई बलात्कार गरेको आरोप लागेको छ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ उपसचिव रुपेशकुमार साहमाथि बलात्कारको आरोप लागेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका– ४ स्थित तेनुवापट्टीका ४८ वर्षीय रुपेशकुमार साहमाथि पीडित महिलाले जबरदस्ती करणी सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गराएकी छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै वरिष्ठ उपसचिव साहमाथि उनीसंगै बस्दै आएका पुरुष सहकर्मीका श्रीमतीलाई डर, त्रास र धम्की देखाउँदै विभिन्न पटक बलात्कार गरेको आरोप छ । उनीमाथि बलात्कारको आरोप लागेसंगै साह दुई महिनादेखि कार्यालयमा समेत आउन छाडेका छन् । उनीमाथि जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कारको मुद्दा दर्ता भएपछि साहको खोजी कार्यमा प्रहरी लागिपरेका छन् ।वरिष्ठ उपसचिव साहले गत माघ १८ गते मधेश प्रदेश सरकारको कर्मचारी आवासको एउटै तल्लामा बस्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अधिकृत घरमा नभएको मौका छोपी भगवानको प्रसादमै नसालु पदार्थ मिसावट गरी बलात्कार गरेको आरोप ती पीडित महिलाले लगाएकी छन् ।

भगवानको प्रसाद भन्दै नसालु पदार्थ मिसावट गरी खान दिएको र बेहोस अवस्थामा आफूलाई बलात्कार गरेको महिलाको आरोप छ । पीडित महिलाले गत चैत ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । उनको मुद्दा २०८१ वैशाख ३ गते दर्ता गरिएको थियो ।आरोपित वरिष्ठ उपसचिव साहले घटनाकै क्रममा भिडियो फोटो समेत खिचेर सो सामग्री अरूलाई देखाइदिने डर धम्कीसमेत दिने गरेको र सो सामग्रीको नाममा ब्लैकमेल गर्दै पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ । मधेश भवनको परिसरमा रहेको आवासमा साह र पीडित बस्दै आएका छन् ।

Advertisement

पीडितका श्रीमान् नभएको बेलामा वरिष्ठ उपसचिव साह साथीको नाताले कोठामा आई टिभी हेर्ने गरिरहेको सो पत्रमा उल्लेख गरिएको छ ।पीडित महिलाको श्रीमान् नभएको बेलामा आरोपित साह कोठामा टिभी हेर्ने बहानामा भगवानको प्रसाद लिएर आउने र सो प्रसादमा नसालु पदार्थ मिसावट गरी खान दिने र सो खाएपछि अचेत अवस्थामा बलात्कार गरी भिडियोसमेत बनाएर ब्लैकमेल गर्दै आएको सो जाहेरीमा उल्लेख गरिएको छ ।यता सो घटनापछि गत फागुन १८ गते कार्यालयबाट बिदा लिएका वरिष्ठ उपसचिव साह भने बिदा भुक्तान भइसकेपछि पनि सम्पर्कमा नआएको मुख्यमन्त्री कार्यालयका सचिव अर्जुन गौतमले जानकारी दिए ।

अनुसन्धानको क्रममा धनुषा प्रहरीले मुख्यमन्त्री कार्यालयलाई आरोपी वरिष्ठ उपसचिव साहबारे आवश्यक सूचना उपलब्ध गराउन पत्राचार गरेको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले भने अनुसन्धानका क्रममा अदालतमा रहेको मुद्दामा केही बताउन नमिल्ने बताए । जबरजस्ती करणीबाट महिलाको पेटमा आरोपी साहले गर्भवती समेत बनाएको जाहेरीमा उल्लेख रहेको छ ।

 

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement