नेपालका ७२ जिल्लामा एक हजार भन्दा बढीमा डेंगु सङ्क्रमित

देशका ७२ वटा जिल्लाबाट एक हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको हो।इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र अन्तर्गत किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले सन् २०२४ यता ७२ जिल्लाबाट एक हजार २४१ जनामा डेंगु पुष्टि भएको जानकारी दिएका छन।

डेंगु सङ्क्रमण सबै भन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ। बागमतीमा प्रदेशमा ४२८, कोशी प्रदेशमा २८५ जनामा पुष्टि भएको हो।त्यसैगरी, मधेश प्रदेशमा ३४, गण्डकी प्रदेशमा १८८, लुम्बिनी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १८ र सुदूरपश्चिममा १४० जनामा डेंगु पुष्टि भएको डा। दाहालले जानकारी दिएका हुन।

काठमाडौँ र झापामा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ। काठमाडौँमा १४१, झापामा ११२ जनामा डेंगु पुष्टि भएको हो।

Advertisement

त्यसैगरी, चितवनमा ७५, मकवानपुरमा ५९,डोटीमा ४७, तनहुँ ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८, भक्तपुरमा २७ जनामा डेंगु पुष्टि भएको छ। गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो। डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो।

उच्च ज्वरो आउने, जोर्नीर मांशपेशीअरु बारम्बार दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुने यसको प्रमुख लक्षण हुन्।

लामखुट्टेको टोकाइबाट बच्न पुरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा दाहालले सुझाव दियेका छन।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement