नेतन्याहुले रक्षामन्त्रीलाई बर्खास्त गरेपछि इजरायलमा प्रदर्शन

इजरायलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन ।

विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको नेतन्याहुले बताएका हुन् । हालैका महीनामा गलन्ट प्रति आफ्नो विश्वास घट्तै गइरहेको उनले बताएका छन ।

गलन्टको ठाउँमा विदेशमन्त्री इजरायल काट्जलाई उनले रक्षामन्त्री बनाएका छन् । आफू बर्खास्तमा परेलगत्तै गलन्टले सामाजिक सञ्जालमा इजरायलको सुरक्षा सधैं आफ्नो जीवनको मिशन रहेको र रहने बताएका थिए ।

Advertisement

लामेसमय देखि नेतन्याहु र गलन्टले साथै काम गरेका थिए । कयौं परिस्थितिमा यी दुईले मिलेर निर्णायक कामहरू समेत गरेका हुन । तर गएको एक वर्षयता इजरायलको युद्ध रणनीतिबारे यी दुुईबीच मतभेद चुलिँदै गइरहेको थियो ।

हमासको कब्जामा रहेका बन्दी रिहाईलाई प्राथमिकतामा गाजामा युद्ध जारी राख्नेभन्दा माथि राख्नु पर्ने गलन्टको भनाइ थियो तर नेतन्याहु यसको विपक्षमा थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement